काठमाडौं । तारा एयर दुर्घटनामा ज्यान गुमाएका एकै परिवारका सात जनाको बिहीबार अन्तिम संस्कार गरिएको छ । गत आइतबार पोखराबाट जोमसोम जाने क्रममा मौसम खरावीका कारण तारा एयरको विमान दुर्घटना भएको थियो । दुर्घटनामा धनुषाको एक परिवारका सात जनाले ज्यान गुमाएका थिए ।
ज्यान गुमाउनेमा मकरबहादुर तामाङ, सुकुमाया तामाङ, राजन गोले, इन्द्रबहादुर गोले, राममाया गोले, पुरुषोत्तम गोले र तुलसादेवी तामाङ रहेका छन्। आइतबार मौसम खराव हुँदा पोखराबाट जोमसोम जाँदै गरेको तारा एअरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सिरानमा पर्ने सानोसरे भीरमा दुर्घटनामा परेको थियो ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा दुर्घटनास्थलबाट शव संकलन गरी दुई चरणमा काठमाडौं ल्याइएको थियो ।
अन्तिम संस्कारमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पुगेरका थिए । पार्टीको धनुषा जिल्ला कमिटीका सदस्य रहेका राजन गोलेको शवमा पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए ।
काठमाडौं ल्याइएका शवको मंगलबार र बुधवार पोस्टमार्टम गरी बिहीबार आफन्तको जिम्मा लगाइएको छ । शवको पोस्टमार्टम सकिएपछि बिहीबार टिचिङ अस्पतालबाट आफन्तलाई शव हस्तान्तरण गरिएकोमा आफन्तले मृतकको अन्तिम संस्कार गरेका छन् ।
एकै परिवारका सात जनाको अन्त्यष्टि स्वयम्भूमा गरिएको थियो । अन्तिम संस्कारमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पुगेरका थिए । पार्टीको धनुषा जिल्ला कमिटीका सदस्य रहेका राजन गोलेको शवमा पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए ।
त्यस क्रममा त्यहाँ रहेका सबैको गह भरिएको थियो । लहरै एकै परिवारका सात जना कहिले नउठ्ने गरी चिर निन्द्रामा विलिन थिए । र, त्यो हृदयविदारक दृश्यले आफन्तसँगै त्यहाँ रहेका अन्य मानिसका पनि आँखा रसाइरहेका थिए ।




















प्रतिक्रिया