सुनको मूल्य तोलामा २ सयले कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि छापावाल सुनको मूल्य तोलाको ९३ हजार ४ सय रुपैयाँ कायम गरेको छ । हिजो तोलाको ९४ हजार १ सय रुपैयाँ थियो ।
यस्तै तेजाबी सुनको भाउ पनि ९३ हजार ४ सयमा आइपुगेको छ । हिजो तोलाको ९३ हजार ६ सयमा थियो ।
यसैगरी चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेको छ । हिजो तोलाको ११ सय ७५ रहेको चाँदीको भाउ आज ११ सय ८० पुगेको महासंघले जनाएको छ । यो साता आइतबारदेखि नै सुनचाँदीको भाउ निरन्तर घटिरहेको महासंघले जनाएको छ ।



















प्रतिक्रिया