Logo

कर्पोरेट फोकस

सेञ्चुरी बैंक र जंगल भिल्ला रिसोर्ट तथा त्रिसाराबीच छुट सम्झौता



काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र चितवनको जंगल भिल्ला रिसोर्ट तथा काठमाण्डौको त्रिसाराबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता, सम्पूर्ण ग्राहक तथा बैंकका कर्मचारीलाई जंगल भिल्ला रिसोर्ट र त्रिसारामा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो । जंगल भिल्ला रिसोर्टमा एकोमोडेसन शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र जंगल भिल्ला रिसोर्टका तर्फबाट बजार प्रमुख सुहानी गिरीले हस्ताक्षर गरेका छन् ।

यसैगरी त्रिसारामा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ। उक्त छुट त्रिसरा, पेरोस पिज्जा र त्रिसारा– द बेकिङ फ्याक्ट्रीमा समेत उपलब्ध हुनेछ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र त्रिसाराका तर्फबाट प्रबन्ध निर्देशक शोभनवीर मालाकारले हस्ताक्षर गरेका छन् ।

सेञ्चुरी कमर्सियल बैंकका १४७ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार १३:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।