Logo

प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ



भक्तपुर नगरपालिका-९ ब्रम्हायणीस्थित डिउटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा ललितपुर लामाटार बस्ने झापा अर्जुनधारा घर भएका ३६ वर्षीय बिक्रम लिम्बुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

लिम्बुले मादक पदार्थ सेवन गरी प्रहरीलाई हातपात समेत गरी अभद्र व्यवहार गरेपश्चात बा.८७ प ३९७२ नम्बरको मोटरसाइकल सहित उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : आश्विन २८, २०७७ बुधबार  १२ : ४० बजे