Logo

बैंकिङ

नेपाल राष्ट बैंकले पचास हजार डलरभन्दा बढी विदेशी मुद्रा सटहीमा रोक



नेपाल राष्ट बैंकले नधुल्याएको मरिच, सुपारी, केराउ, छोकडा र ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यका सवारी साधन आयातका लागि विदेशी मुद्रा सटही सुविधामा रोक लगाएको छ ।

केन्द्रीय बैंकले एकीकृत परिपत्र २०७६ संशोधन गर्दै निकासी पैठारी ऐन, २०१३ अन्तर्गत नेपाल सरकारले समय–समयमा निकासी पैठारी गर्न पूर्ण वा परिमाणात्मक बन्देज लगाएका वस्तुहरु सोही बमोजिम हुने जनाएको छ । तर औद्योगिक कच्चा पदार्थको रुपमा आवश्यक पर्ने मरिच सम्बन्धित उद्योगको उत्पादन क्षमता र खपत प्रवृत्तिको आधारमा उद्योग विभागले प्रमाणित गरेको परिणाम बमोजिम सम्बन्धित उद्योग आफैले आयात गर्ने प्रयोजनका लागि भने सटही सुविधा प्रदान गर्न सकिने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

यस्तै, कूटनीतिक सुविधा प्राप्त विदेशी कर्मचारीले निजी प्रयोगका लागि ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यका सवारी साधन आयात गर्न विदेशी मुद्राको सटही सुविधा दिइने परिपत्रमा उल्लेख छ ।

प्रकाशित मिति : आश्विन २९, २०७७ बिहीबार  ४ : ३१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।