Logo

मधेश प्रदेश

जातीय विभेद अन्त्यका लागि राजविराजमा प्रदर्शन



मुलुकमा पछिल्लो समय दलित समुदायमाथि देखिएको बढ्दो हत्या, हिंसा, बलात्कार, जातीय विभेद लगायतका घटनाविरुद्ध संयुक्त दलित संघर्ष समिति सप्तरीले आन्दोलन थालेको छ ।

दलितमाथि श्रृंखलावद्ध घटनाहरु भइरहदा समेत पैसा र पहुँचको भरमा दोषीले उन्मुक्ति पाइरहेको भन्दै उनीहरुले बिहीबार राजविराजमा प्रदर्शन गरेका हुन् ।

बहुजन समाज परिषद् नेपाल, दलित सरोकार मञ्च, राष्ट्रिय दिनाभद्री मुसहर संघ, विश्वकर्मा समाज, दलित समाज सचेतना केन्द्र लगायतका पदाधिकारीसहित झण्डै तीन हजारको सहभागीतामा प्रदर्शन गरिएको थियो ।

सप्तरीसहित मुलुकको विभिन्न स्थानमा दलितमाथि श्रृंखलावद्ध घटनाहरु भइरहदा समेत सरकारको ध्यान नपुगेकाले बाध्य भएर आन्दोलन थालेको उनीहरुको भनाई छ ।

अझै विगतमा दलित समुदायमाथि घटिएका घटनाहरुमा दोषीलाई पक्राउ गरी कारवाही नगरिए बाध्य भएर थप कडा आन्दोलन गर्ने संघर्ष समितिले चेतावनी समेत दिएको छ । राजविराजस्थित राजरंगशालाबाट निकालिएको विरोध प्रर्दशन बजारभरि परिक्रमा गरी पुनः रंगशालामै पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रकाशित मिति : आश्विन २९, २०७७ बिहीबार  ४ : ३५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।