Logo

पूर्वराजा ज्ञानेन्द्र शाहले यसपालिकाे दशैँमा सर्वसाधारण एवं शुभचिन्तकहरूलाइ टीका नलगाउने



पूर्वराजा ज्ञानेन्द्र शाहले यसपालिकाे दशैँमा सर्वसाधारण एवं शुभचिन्तकहरूलाइ दशैँ टीका नलगाउने जनाइएकाे छ । एक सूचना जारी गर्दै पूर्वराजामा निष्ठा राख्ने सर्वसाधारणहरूलाइ यसपाली काेराेना संक्रमणकाे जाेखिमका कारण टीका प्रदान नगरिने जनाइएकाे हाे ।

साथै नवरात्रि अवधिभर पूर्वाराजा शाहले कुनै पनि शक्तिपीठहरूकाे दर्शन नगर्ने पनि सूचनामा जनाइएकाे छ । उहाँले सनातन परम्पराकाे मूल्य-मान्यता कायम राख्दै सामान्य र सादगी ढंगले दशैं पर्व भने मनाउने जनाइएकाे छ ।

20201017_123301-1536x2048.jpg

प्रकाशित मिति : कार्तिक १, २०७७ शनिबार  ५ : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।