Logo

एट्लेटिकोले सेल्टा भिगोलाई २-० गोल अन्तरले पराजित



स्पेनिस ला लिगामा फुटबलमा एट्लेटिको मड्रिडले सेल्टा भिगोमाथि सहज जित निकालेकाे छ ।शनिबार भएको खेलमा एट्लेटिकोले सेल्टा भिगोलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

सेल्टा भिगोको घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन लुइस सुआरेज र एनिक कारेस्कोले एक-एक गोल गरे । खेलको छैटौं मिनेटमा सुआरेजले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए ।

आजको गोलसँगै सुआरेजले ला लिगा इतिहाँसमा १५० गोल पूरा गरेका छन् । उनले बार्सिलोनाका लागि १४७ गोल गर्दा एट्लेटिकोका लागि ३ गोल गर्न सफल भए ।

खेलको इन्ज्यूरी समयमा कारास्कोले गोल गर्दै एट्लेटिकोलाई २-० गोलको जित दिलाउन सफल भए । आजको जितसँगै एट्लेटिकोले ५ खेलबाट ८ अंक जोडेको छ ।

प्रकाशित मिति : कार्तिक २, २०७७ आईतबार  ८ : ०८ बजे