Logo

आईपीएल : राजस्थान रोयल्सले चेन्‍नइ सुपर किङ्समाथि जित



 इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले चेन्‍नइ सुपर किङ्समाथि जित निकालेकाे छ । सोमबार राति भएकाे खेलमा राजस्थानले चेन्‍नइलाई ७ विकेटले पराजित गरेकाे हाे ।

चेन्‍नइले दिएको १२६ रनको झिनो लक्ष्य पछ्याएको राजस्थानले १७.३ ओभरमा मात्र ३ विकेट गुमाउँदै भेट्टाएको थियो | राजस्थानका लागि जोस बट्लरले अविजित ७० रनको अर्धशतकीय इनिङ्स खेले । उसका लागि कप्तान स्टिभ स्मिथ २६, बेन स्टोक्सले १९ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाएनन् । रोबिन उथप्पाले ४ रन बनाउँदा सन्जु सामसन शून्य रनमा समेटिए । ​

चेन्नईका लागि दिपक चाहरले २ र हाजउडले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको चेन्‍नइले खराव सरुवात गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै मात्र १२५ रन जोडेको थियो । चेन्‍नइका लागि कप्तान महेन्द्र सिंह धोनी र रविन्द्र जडेजाले सर्वाधिक ५१ रनको साझेदारी गरेका थिए ।

जडेजाले ३० बलमा ४ चौका प्रहार गर्दै अविजित ३५ रनको योगदान दिए । त्यस्तै कप्तान धोनीले २८ बलमा दुई चौकाको मद्दतमा २८ रन जोड्दै पेभिलियन फर्किए । चेन्‍नइको १३ रन हुँदा पहिलो विकेटको रुपमा ओपनर ब्याट्सम्यान फाप डुप्लेसिसलाई तेस्रो ओभरको अन्तिम बलमा गुमाएको थियो । उनी १० रन जोड्दै पेभिलियन फर्किए ।

त्यस्तै २६ रन हुँद दोस्रो विकेटको रुपमा चौथो ओभरको अन्तिम बलमा शेन वाट्सन कार्तिक त्यागीको बलमा ८ रनमा क्याचआउट हुन पुगे । तेस्रो विकेटको रुमा चेन्नाईले अर्का ओपनर ब्याट्सम्यान साम कुरानलाई गुमाएको थियो । कुरानले २५ बलमा एक चौका र एक छक्काको मद्दतमा २२ रन जोडे । अम्बाती रायडुलाई १३ रनमा चौथो विकेटको रुपमा गुमाउँदा पाँचौ विकेटको रुपमा धोनी आउट भएका थिए ।

चेन्‍नइलाई सस्तैमा समेट्न राजस्थानका लागि जोफ्रा आर्चर, कार्तिक त्यागी, श्रीयस गोपाल र राहुल टिवेतियाले समान एक एक विकेट लिए । यस जितसँगै दस खेलमा चार जित निकालेको राजस्थानले ८ अंक जोडेको छ । राजस्थान तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । यता पराजित चेन्‍नइ भने समान खेलबाट ६ अंक जोड्दै पुछारमा छ ।

प्रकाशित मिति : कार्तिक ४, २०७७ मंगलबार  ९ : १८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।