Logo

भारतीय गुप्तचर विभाग (रअ)का प्रमुख गोयल काठमाडौंमा



भारतीय गुप्तचर विभाग (रअ)का प्रमुख समान्तकुमार गोयल काठमाडौं आइपुगेका छन् । राष्ट्रिय अनुसन्धान विभागका अनुसार गोयल बुधबार दिउँसो चार्टर्ड विमानमार्फत् काठमाडौं आइपुगेका हुन् ।

उनी ८ घन्टा काठमाडौंमा रहने र राति ९ बजे फर्किने पनि राष्ट्रिय अनुसन्धान विभागले जनाएको छ । विभागका अनुसार उनको यो औपचारिक भ्रमण भने होइन । उनी व्यक्तिगत वा धार्मिक भ्रमण आएको हुनसक्ने बताइएको छ ।

भारतका सेनाध्यक्ष एमएम नरावणे नेपाल भ्रमणमा आउनुअघि अर्को सुरक्षा संस्थाका प्रमुख गोयलको नेपाल भ्रमणको मुख्य एजेन्डाबारे कुनै जानकारी गराइएको छैन । गोयलको नेपाल भ्रमण सम्बन्धमा नेपाली सेना र परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी नै नभएको बताइएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार १६:१८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।