Logo

२० जनाले लिए वैवाहिक अङ्गीकृत नागरिकता



नयाँ संविधान जारी भएदेखि जिल्लामा हालसम्म २० जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालयबाट भारतीय महिलालाई वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरिएको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारका  अनुसार आर्थिक वर्ष २०७२÷२०७३ देखि २०७६÷२०७७ अङ्गीकृत नागरिकता दिइएको हो ।  वैवाहिक अङ्गीकृत नागरिकता लिनेमा आव २०७६÷२०७७ मा पाँच, २०७५÷२०७६ मा ६, २०७४÷२०७५ मा तीन, २०७३÷२०७४ दुई र  २०७२÷२०७३ मा चार जना रहेको जिप्रकाले जनाएको छ ।
 
संविधानमा वैवाहिक अङ्गीकृत र अङ्गीकृत गरी दुई प्रकारका अङ्गीकृत नागरिकता छ । एक प्रकारको जिप्रका र अर्काे गृह मन्त्रालयबाटै वितरण हुने जिप्रकाले जनाएको छ । नयाँ नगारिकता ऐन बनेपछि भने हालसम्म २०४ जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएको जिप्रकाको तथ्याङ्क छ । 

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार १३:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।