काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई पराजित गर्दै राष्ट्रिय टिमका पूर्व कप्तानसमेत रहेका पारस विजयी भएका हुन् ।
कुल ८५ खसेकोमा पारसले ४८ मत ल्याए भने निकटतम प्रतिस्पर्धी प्रशान्तले ३७ मत पाए । पारस क्यानको बागमती प्रदेश क्रिकेट संघको पनि अध्यक्ष हुन् ।
क्यानका अरु पदाधिकारीहरु अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भइसकेका छन् ।
सदस्यहरुमा पनि महिला सदस्यमा जयन्तीदेवी भट्ट, कर्णालीबाट प्रतिनिधित्व गर्ने सदस्यमा श्रीधर केसी र लुम्बिनीबाट प्रदिप मजगैया निर्विरोध चयन भएका छन् ।
प्रतिक्रिया