Logo

कोशी प्रदेश

इलाम-२ काे उपनिर्वाचनमा रास्वपाले थापालाई अघि सार्ने



झापा । इलाम क्षेत्र नं. २ मा हुने उपनिर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले महेन्द्र थापालाई अघि सार्ने भएको छ ।

संविधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङको निधन पछि उक्त क्षेत्रमा उप निर्वाचनको लागि एमालेबाट झलनाथ खनाल र कांग्रेसबाट डम्बर खड्काको नाम चर्चामा आएकै बेला रास्वपाबाट ‘आर्किटेक्ट इन्जिनियर’ महेन्द्र थापाको नाम चर्चामा आएको हो ।

नेकपा एमालेले स्व.सुवास नेम्वाङका छोरा सुवाङ्ग नेम्वाङलाई बावु स्थानमा उम्मेद्वारी दिने सक्ने हल्ला चलिरहेको छ । तर, नेकपा (एकीकृत समाजवादी) ले कोशी प्रदेश सरकार गठनमा एमालेलाई सहयोग गर्ने र पार्टी एकताको विषयलाई सहज बनाउन पूर्व प्रधानमन्त्री समेत रहेका झलनाथ खनाललाई उम्मेद्वार बनाउने सम्भावना बलियो रहेको एमाले स्रोतले बताएको छ ।

गत निर्वाचनमा स्वर्गीय नेम्वाङसँग झिनो मतले पराजित खड्का पनि सशक्त उम्मेद्वारको रुपमा देखिएका छन् । पछिल्लो समय बलियो पार्टी बन्दै गएको रास्वपाबाट थापाको नाम चर्चामा आएसँगै इलाम २ मा त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।

प्रकाशित मिति : आश्विन ९, २०८० मंगलबार  ८ : ५१ बजे

516
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।