Logo

सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु



भक्तपुर, सूर्यबिनायक नगरपालिका-८ दार्जिलिङ हाईटमा खेत जोत्ने हाते ट्याक्टर शनिबार बिहान अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ५० वर्षीय कृष्ण राम सुवालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

महोत्तरी, बर्दिवास नगरपालिका-६ बहुहर्वा टोलमा ज.४ प ८६१९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीया चन्द्रकला देवी साहको शुक्रबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जानकी हेल्थ केयर जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, खैरहनी नगरपालिका-१ ज्यामिरेमा बा.१२ च ३१७७ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-२ बस्ने ५० वर्षीया बुद्धिमाया दराईको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जाजरकोट, छेडागाड नगरपालिका-१० धारा भन्ने स्थानमा सल्यानको सल्ली बजारबाट डिजेल बोकी जाँदै गरेको भे.१ त ८३१४ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेर शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टरका सहचालक कुसे गाउँपालिका-६ बस्ने २४ वर्षीय राम बहादुर सिंहको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : कार्तिक १५, २०७७ शनिबार  ५ : १८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।