Logo

च्याम्पियन्स लिग : बार्सिलोनाको तेस्रो जित



स्पेनिस क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगमा लगातार तेस्रो जित निकालेकाे  छ । बुधबार भएको खेलमा बार्सिलोनाले डायनामो क्युभलाई २-१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जेरार्ड पिकेले एक-एक गोल गरे । उता डायनामोका लागि भिक्टोरले एक गोल फर्काए ।

खेलको पाँचौं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १-० गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गरेको थियो ।

बार्सिलोनाका लागि पिकेले खेलको ६५औँ मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । ७५औँ मिनेटमा भिक्टोरले पाहुना टोली डायनामोका लागि एक गोल फर्काए ।

जितसँगै बार्सिलोनाले समूह ‘जी’ अन्तर्गत तीन खेलबाट ९ अंक जोडेको छ । बार्सिलोना तालिकाको शीर्ष स्थानमा छ । पराजित डायनामो एक अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।

प्रकाशित : २० कार्तिक २०७७, बिहिबार