Logo

एकै खेलबाट मुम्बइका खेलाडीले रचे दुई कीर्तिमानी



इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं संस्करण चलिरहदा सर्वाधिक सफल टिम मुम्बइ इन्डियन्सका खेलाडीले कीर्तिमान बनाएको छ । 

मुम्बइका फास्ट बलर जस्प्रीत बुम्राहले पर्पल क्याप अर्थात् सबैभन्दा धेरै विकेट लिने सूचीमा अग्रपंक्तिमा रहेका नयाँ कीर्तिमान बनाएका  हुन् । बुम्राहले १४ खेलमा कुल २७ विकेट लिएका छन् । बुम्राह आईपीएल इतिहासमा एकै सिजन सबैभन्दा धेरै विकेट लिने भारतीय बलर बनेका छन् । यस अघि यो रेकर्ड भुवनेश्वर कुमारको नाममा रहेको थियो जसले २०१७ आईपीएलमा पर्पल क्क्याप जित्ने क्रममा २६ विकेट लिएका थिए। समग्र बलरमा एकै सिजन धेरै विकेट लिने कीर्तिमान ड्वेन ब्राभोको नाममा रहेको छ जसले २०१३ मा एकै सिजन ३२ विकेट लिएका थिए ।

खेलमा ४ ओभरमा १ मेडन ओभर गर्दै १४ रन खर्चेर ४ विकेट लिएका बुम्राहले अर्को कीर्तिमान पनि बनाएका छन्। उनि एकै सिजन २ पटक एकै खेलमा ४ विकेट लिने आईपीएल इतिहासमै पहिलो बलर बनेका छन्। यस अघि बुम्राहले राजस्थान रोयल्स बिरुद्धको खेलमा २० रन खर्चेर ४ विकेट लिएका थिए ।

दिल्ली बिरुद्ध बुम्राहले व्यक्तिगत उत्कृस्ट बलिंग स्पेल समेत दर्ता गरे । बुम्राहको ४(१(१४(४ को बलिंग स्पेल आईपीएल प्लेअफमा मुम्बईको बलरको अहिलेसम्मकै उत्कृस्ट स्पेल हो । बुम्राहको पनि यो व्यक्तिगत टि(२० क्रिकेटमा उत्कृस्ट स्पेल हो । यो बुम्राहको स्पेल आईपीएल इतिहासकै क्वालीफायर÷सेमीफाइनल÷फाइनलमा संयुक्त रुपमा दोश्रो उत्कृस्ट स्पेल हो ।।

बुम्राहको स्पेल आईपीएल इतिहासमै क्वालीफायर÷सेमीफाइनल÷फाइनलमा संयुक्त रुपमा दोश्रो उत्कृस्ट स्पेल हो । यसअघि सबैभन्दा उत्कृस्ट स्पेल डगी बोलिंगरको थियो । उसले २०१० मा चेन्नाईको लागि डेक्कन चार्जर्स बिरुद्ध १३ रन खर्चेर ४ विकेट लिएका थिए । 

त्यस्तै कप्तान रोहित शर्माले पनि एक खराब कीर्तिमान बनाएको छ । उसले पहिलो बलमै खाता नखोली आउट हुने अर्थात् ‘डक आउट’ भएर आईपीएल इतिहासकै सर्वाधिक शून्यमा आउट हुने ब्याट्सम्यान बने । रोहितसंगै अर्का मुम्बईका पूर्व खेलाडी हरभजन सिंह, अजिंके रहाने र पर्थिभ पटेलको रेकर्ड रोहितले बराबरी गरेका हुन्। चार जना ब्याट्सम्यान समान १३ पटक खाता नखोली आउट भएका छन्। पियुष चावला, मन्दिप सिंह, मनिष पाण्डे, अम्बाती रायडु र गौतम गम्भीर समान १२ पटक डक आउट भएका छन्।

प्रकाशित मिति : कार्तिक २१, २०७७ शुक्रबार  १२ : ०६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।