तीन दिने नेपाल भ्रमणमा आएका भारतका सेनाध्यक्ष मनोज मुकुन्द्र नरवणे र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
नरवणेले शुक्रबार स्वदेश फर्किनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका हुन् । उक्त भेटमा प्रधानमन्त्रीसँगै उनका विदेश मामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल पनि सहभागी छन् । त्यस्तै भारत तर्फ भने नरवणेसँगै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा भेटवार्तामा सहभागी भएका छन् ।
नेपाल भ्रमणका रहदा भारतीय सेनाध्यक्ष नरवणेले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए ।
प्रतिक्रिया