प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय १५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ३ सय ५० जना डिस्चार्ज भएका छन् ।मोरङमा १ सय २३, सुनसरीमा ८९, झापामा ७६, तेह्रथुममा ६, इलाम, धनकुटा र भोजपुरमा ३–३, उदयपुरमा २, ताप्लेजुङ, ओखलढुङ्गा र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ८९, उर्लाबारीमा ८, सुन्दरहरैचामा ६, लेटाङमा ४, बेलबारी र पथरीशनिश्चरेमा ३–३, रंगेलीमा २, धनपालथान, ग्रामथान, सुनबर्षी, कटहरी, रतुवामाई र केराबारीमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
सुनसरीको धरानमा ४९, इटहरीमा २१, इनरुवामा ७, रामधुनी, देवानगञ्ज, बराहक्षेत्र र कोशी गाउँपालिकामा २–२, भोक्राहानरसिंह, दुहवी, हरिनगर र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको दमकमा २८, विर्तामोडमा २१, भद्रपुरमा ९, शिवसताक्षी, अर्जुनधारा र मेचीनगरमा ३–३, कनकाई, हल्दिबारी र झापा गाउँपालिकामा २–२, गौरादह, कमल गाँउपालिका र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको लाली गुराँसमा ४, म्याङलुङ र छथरमा १– १, इलामको इलाम नगरपालिकामा २ र सुर्योदयमा १ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै, धनकुटाको पाख्रीबासमा १ र स्थानीय तह नखुलेका २, भोजपुरमा ३, उदयपुरको बेलका र त्रियुगामा १–१, ताप्लेजुङको फुङलिङ, ओखलढुङ्गाको मानेभन्ज्याङ, संखुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २१ हजार १ सय १७ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या १३ हजार ४६ पुगेको छ । प्रदेश १ मा शुक्रबार १ हजार १ सय ९७ जनाको पीसीआर परीक्षण गरिएको छ ।
परीक्षण गरिएका मध्ये १ सय ३८ महिला र १ सय ७७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ६७ हजार ३ सयको पीसीआर परीक्षण गरीएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया