अमेरिकी रास्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जोई बाइडेन बिजय भएका छन् । बिडेनलाई नयाँ शक्ति पार्टीका संयोजक रवि किरण हमालले पार्टीका तर्फबाट शुभकामना सन्देश पठाएका छन् ।
सन्देशमा भनिएको छ “नेपालको प्रगतिशील लोकतान्त्रिक पार्टी, यसका सदस्य र मेरो व्यक्तिगत तर्फबाट तपाईंलाई धेरै बधाई तथा शुभकामना ।”
लोकतान्त्रिक पार्टी बिजय हुनु अत्यन्तै सुखद समाचार रगेको किरणले आसय व्यक्त गरेका छन् ।किरणले अमेरिकी जनताको सुख र समृद्धिको आकाङ्क्षा पूरा गर्न बिडेन सफल हुने बिश्वास समेत व्यक्त गरेका छन् ।
अमेरिकाको ४६ औं रास्ट्रपतिमा जोई बिडेन निर्वाचित भएका छन् । बाइडेन बहालवाला रास्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्न सफल भएका छन् । यसअघि बाइडेनले ओबामाको कार्यकालमा उप-रास्ट्रपति भएर काम गरेका थिए ।

















प्रतिक्रिया