Logo

अभिनेता सुनील सेट्टीलाई ‘भारत रत्न डा. अम्बेडकर’ पुरस्कारबाट सम्मान



कोरोना महामारीको समयमा राहत कार्यमा गरेको योगदानको कारण बलिउड अभिनेता सुनील सेट्टीलाई ‘भारत रत्न डा. अम्बेडकर’ पुरस्कारबाट सम्मान गरिएको छ।

महाराष्ट्रका गभर्नर भगतसिंह कोश्यारीले सेट्टीलाई शनिबार साँझ राजभवनमा पुरस्कारबाट सम्मानित गरेका थिए। सेट्टीले कोरोना संकटमा मुम्बई डब्बावालाहरूको लागि वृहत्तर रूपमा काम गरेका थिए।

त्यस्तै उनले महिला सशक्तीकरण र पशु कल्याणका लागि जागरूकता अभियान पनि सुरू गरेका छन्। उनले डब्बावालालाई ठूलो मात्रामा खानापूर्ति गर्ने प्रबन्ध मिलाएका थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आईतवार २०:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।