Logo

विदेशबाट उद्धार गर्नुपर्ने अब कोही नेपाली छैन



सरकारले कोरोनाको कारण समस्या परी स्वदेश फर्कनैपर्ने अवस्थामा अबदेखि कोही नेपाली नरहेको बताएको छ । आज बसेको कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले उक्त निष्कर्ष निकालेको हो ।

सिसिएमसीका सचिव महेन्द्र गुरागाईंले कोही नेपाली विदेशमा समस्यामा परी अब उद्धार गर्नुपर्ने अवस्था नरहेको बताउँदै कोही बाँकी रहेको भए नियमित उडानबाट आउन सक्ने बताएका छन् ।

अब चाटर उडान र कूटनीतिक निकायबाट उद्धार आवश्यक नरहेको आज बसेको बैठकले निष्कर्ष निकालेको सचिव गुरागाईंले बताए । विदेशमा ज्यान गुमाएका नेपाली शव स्वदेश ल्याउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई व्यावस्थापनको जिम्मा दिने निर्णय भएको उनले बताएका छन्  । कोरोनाका कारण असहज परिस्थितिका कारण हालसम्म साठी मुलुकबाट १ लाख ३६ हजार ३९३ जनाको उद्धार गरिएको छ ।

प्रकाशित मिति : कार्तिक २४, २०७७ सोमबार  ८ : ३३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।