Logo

समाचार

भारतीय रक्षामन्त्रीले भने : हामीमाथि आँखा लगाउनेहरुलाई कडा सन्देश



फ्रान्सबाट खरिद गरिएको पाँचवटा आधुनिक फाइटर जेट राफेल भारत आइपुगेको ४३ दिनपछि बिहीबार भारतको अम्बाला एयरफोर्स स्टेशनस्थित वायुसेनामा सामेल भएको छ ।

यस अवसरमा बोल्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले राफेलको भारतीय वायुसेनामा सामेल हुनु पूरा विश्व, विशेष गरेर जो भारतको अधिकारीमाथि आँखा लगाइरहेका छन्, लाई एउटा कडा सन्देश रहेको जिकिर गरे । त्यस्तै, वायुसेनाका प्रमुख आरकेएस भदौरियाले सुरक्षाको मौजुदा स्थितिलाई हेर्दा राफेललाई सामेल गर्ने योभन्दा राम्रो समय अरु कुनै पनि हुन नसक्ने बताए ।

यसअघि फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पार्लेको उपस्थितिमा सर्वधर्म (हिन्दू, मुस्लिम, सिख र इसाई धर्म) अनुसार विमानको पूजा गरिएको थियो । त्यसपछि एयरशोको आयोजना गरिएको थियो र अन्त्यमा विमान अवतरण गरिएपछि वाटर क्यानन स्यलूट दिइएको थियो ।

१७ वर्षपछि देशका कुनै रक्षामन्त्री अम्बाला एयरफोर्स स्टेशनमा आयोजित कुनै ठूलो समारोहमा सामेल भएका हुन् । यसअघि सन् २००३ को अगस्तमा एनडीए सरकारका रक्षामन्त्री जर्ज फर्नान्डिसले ७३ वर्षको उमेरमा अम्बालाबाट मिग २१ बाइसनमा उडान भरेका थिए ।

भारतले फ्रान्ससँग सन् २०१६ मा ५८ हजार करोड भारतीय रुपैयाँमा ३६ राफेल विमान खरिद गर्ने सम्झौता गरेको थियो । यसमा ३० वटा फाइटर विमान र ६ वटा प्रशिक्षण विमान रहेका छन् । भारतले गत जुलाईको अन्त्यमा यसको पहिलो ब्याच प्रान् गरेको थियो ।

https://twitter.com/i/status/1303931971081363456

 

 

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार १३:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।