तपाई हामी काक्रालाई सलादमा प्रयोग गर्ने फलका रुपमा बुझ्दछौ । गर्मीमा काक्रालाई शरीर शितल बनाउनसमेत खाने गरिन्छ । काँक्रोमा ९५ प्रतिशत पानी हुने भएकाले यसको सेवनले शरीरमा पानीको कमी हुन दिँदैन । साथै काँक्रोमा भिटामिन बी, सी का साथै पोटासियम, फस्फोरस तथा आइरन जस्ता तत्व पनि पर्याप्त मात्रामा पाइन्छ । काँक्राको प्रयोग छाला र कपालका लागि अत्यन्तै उपयोगी मानिन्छ ।
काँक्रामा पाइने बिटा करोटिनले कपाललाई मजबुत बनाउन र छालालाई नरम बनाउन मद्दत गर्दछ । गर्मी समयमा घामले डढेर छालाको कतिपय भाग कालो हुने गर्दछ । घामले डढेर छाला कालो भएको छ भने काँक्राको रसमा कागतीको रस मिसाएर १५ मिनेटसम्म छालामा दलेर छाड्दा त्यस्तो दाग हट्दछ ।
यस अलावा पोलेको ठाउँमा काँक्राको पातलो टुक्रा दल्नाले दुःखाइ कम हुनुका साथै फोका उठ्नबाट बच्दछ । साथै नियमित काँक्रा खानाले कब्जियत, पेटमा ग्यास भरिने जस्ता समस्या कम गर्न सकिन्छ ।
प्रतिक्रिया