चाडबाड नजिकिदै गर्दा जुवातास खेल्ने क्रम बढिरहेको छ । यसैबीच मङ्गलबार लमजुङको सोती बजारमा जुवा खेलिरहेको अबस्थामा १४ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाका अनुसार सोती बजारमा जुवा खेलिरहेको सूचना पाएर पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले १४ जनालाई खेलिरहेको अबस्थामा नै पक्राउ गरेको हो ।
उनीहरुबाट ठूलो मात्रामा रकम समेत बरामद समेत गरेको छ । थापाले अहिले पैसा गन्ती भइरहेको बताए ।
प्रतिक्रिया