काठमाडौंको कंलकीस्थित मकालु पेट्राेल पम्प अगाडि कुखुरा बाेक्ने गाडी राेकिरहेकाे ट्रकमा ठोक्किँदा ३ जनाकाे मृत्यु भएकाे छ । बिहीबार बिहान पेट्रोल पम्प अगाडि पार्किङ गरी राखेको बा ३ ख ७५३० नम्बरको ट्रकमा बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नं को कुखुरा बोक्ने गाडी ठोक्किँदा साेही कुखुरा बाेक्ने गाडीमा सवार तीन जनाकाे मृत्यु भएकाे हाे ।
महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख डीएसपी अपिलराज बाेहाेराले घाइते ४ जना मध्ये ३ जनाको मृत्यु भएको र १ जना घाइते भएको जानकारी दिए ।




















प्रतिक्रिया