Logo

बैंकिङ

सिद्धार्थ बैंकको नाफामा गिरावट, ३ दशमलव ९८ घट्यो



सिद्धार्थ बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ३.९८ प्रतिशतले घटेको छ । बैंकको गत वर्षको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा २ करोड ७ लाख रुपैयाँले घटेको हो । बैंकले गत वर्षको पहिलो त्रैमासमा ५२ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो । चालु आवको सोही अवधिमा बैंकले ५० करोड ६ लाख रुपैयाँ नाफा गरेको हो ।

बैंकद्वारा सार्वजनिक चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार सो अवधिमा बैंकको वितरणयोग्य नाफा समेत ४८ करोड ६२ लाख रुपैयाँ ३६ हजार रुपैयाँ ऋणात्मक छ ।

यसैगरी सो अवधिमा बैंकले १ खर्ब ४९ अर्ब ४५ करोड निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेकोे छ ।

जसबाट बैंकले सो अवधिमा १ अर्ब ३४ करोड ३७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ६।१५ प्रतिशत अर्थात् ८ करोड ८० लाख रुपैयाँ थोरै हो ।

असोज मसान्तसम्म बैंकको खराब कर्जा अनुपात १.२८ प्रतिशतबाट १.३४ प्रतिशत पुगेको छ । साथै, हाल बैंकको पूँजीकोष अनुपात १४.०२ प्रतिशत, आधारदर ८.१० प्रतिशत, सिसिडी रेसीयो ७३.४९ प्रतिशत र स्प्रेडदर ४.३८ प्रतिशत छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार १५:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।