Logo

कर्पोरेट फोकस

बीमा प्रिमियम संकलन २६ दशमलव ९४ अंकले बढ्यो



चालु अर्थिक वर्षको पहिलो त्रैमासमा बीमाको प्रिमियम २६ दशमलव ९४ प्रतिशतले बढेको छ । यो त्रैमासमा ३९ अर्ब ८६ करोड बीमा प्रिमियम संकलन भएको हो भने अघिल्लो आर्थिक वर्षमा यस्तो रकम रु ३१ अर्ब ४० करोड ८ लाख रहेको थियो । 
जीवन बीमा र निर्जिवन बीमा तर्फको हिस्सा क्रमशः ८१ दशमलव ० प्रतिशत र १९ दशमलव ० प्रतिशत रहेको छ । 
त्यस्तै यो अवधिमा बीमाको दायरामा आएको जनसंख्या २२ दशमलव २ प्रतिशत र वैदैशिक रोजगार बीमालेख समेत समावेश गर्दा बीमाको ायरामा आएको जनसंख्या २५ दशमलव ० प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो जनसंख्या क्रमशः २० दशमलव ४ प्रतिशत र २५ दशमलव ० प्रतिशत रहेको थियो । 

प्रकाशित : ३ मंसिर २०७७, बुधबार