Logo

कराँतेमा नेपालका रविन्द्र मानन्धरलाई स्वर्ण



अनलाईन सातो कप इन्टरनेशनल प्रतियोगिता अन्तर्गत क्यानडा कराते संघको आयोजनामा भएको खेलमा नेपालका रविन्द्र मानन्धरले स्वर्ण पदक जितेका छन् ।

भर्चुअल माध्यमबाट भएको डिभिजन जीको ४० वर्ष माथिको पुरुष मास्टर्स ब्राउन देखि ब्लाकबेल्ट समूहमा मानन्धरले स्वर्ण जितेका हुन् । प्रतियोगितामा क्यानडा लगायत नेपाल, भारत, युएसए, मोजाम्बिक, अष्ट्रेलिया, पोर्चुगल, जापान र जर्मनी गरि ९ राष्ट्रको सहभागिता रहेको थियो । नेपाल सितोरियो कराते संघको तर्फबाट प्रतिस्पर्धा गरेका मानन्धरले युबिसी सितोरियो सातो हा कराते क्लबका माईक नाकात्सुलाई फाईनलमा पराजित गरेर स्वर्ण जितेका हुन् ।

 

प्रकाशित : ३ मंसिर २०७७, बुधबार