Logo

अर्थ

दीपक भट्टको धितोपत्र काण्डमा शेखर गोल्छा पनि तानिए, कहिले पक्राउ पर्छन् उनी?



काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका चर्चित व्यवसायी दीपक भट्टसँग जोडिएको बिषयमा धितोपत्र कारोबारमा प्रमुख व्यवसायिक घराना गोल्छा अर्गनाइजेशनका अध्यक्ष शेखर गोल्छा तानिएका छन् ।

विभागको निर्देशन बमोजिम धितोपत्र बोर्डद्वारा गठित छानबिन समितिले व्यवसायी भट्टबाट भएका धितोपत्रहरूको खरिद र बिक्रीको सम्बन्धमा गरिएको सुपरीवेक्षणबाट उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवम् हिमालयन रि- इन्स्योरेन्सका तत्कालीन अध्यक्ष समेत रहेका गोल्छालाई दोषी ठहर गरिएको हो ।

धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ कम्पनीले व्यवसायी भट्टले धितोपत्र खरिद गरेको कुनै पनि रकम नलिने तथा उनीसँग सम्बन्धित विभिन्न कम्पनी र तीनका सञ्चालकलाई दिनुपर्ने रकिम नदिई त्यस रकमबाटै धितोपत्रको राफसाफ गर्ने गरेको भन्ने बिषयमा छानबिन गरेको थियो।

छानबिन समितिले भट्टसहित भृकुटी स्टकका कार्यकारी प्रमुख सन्दीप चाचानलाई पनि दोषी देखाएको छ । उनीहरूसहित शुभी अग्रवाल, ऋषिराज मोर, राजबहादुर शाहलाई पनि सो प्रकरणमा आरोपी बनाइएको छ ।

छानबिन समितीले कसूर गर्न सहयोग गर्ने व्यक्ति र संस्था भनेर शेखर गोल्छासहित हिमालयन रिइन्स्यारेन्स लिमिटेड, हिमालयन क्यापसर्व, हिमालय सेक्युरिटिज बैंकर लिमिटेड, एचएलआई लार्ज क्याप फण्ड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र रोहित गुप्तालाई पनि कारबाही सिफारिस गरेको छ।

कार्बाहीको सिफारिसमा परेपछि गोल्छा दैनिकजस्तो सिआईबी पुग्ने गरेको स्रोत बताउँछ। गोल्छाले आफूले अनुसन्धानमा पूर्ण रुपमा सघाउने, बोलाएको बेला उपस्थित हुने भन्दै पक्राउ नगर्न आग्रह गर्ने गरेको स्रोतको दावी छ। तर, गोल्छाले भने आफू सिआईबी जाँदै नगएको बताए।

भट्ट पक्राउ परेसँगै पक्राउ पर्ने डरले हिमालयन रि- इन्स्योरेन्स कम्पनीको अध्यक्षबाट राजिनामा दिएका गोल्छा भने अझैसम्म पक्राउ परेका छैनन्। इन्स्योरेन्सकी सिईओ उपासना पौडेल सम्पर्कविहीन छिन्।

उनीमाथि हिमालयन रि इन्योरेन्सको रकम कानुन विपरित व्यक्तिगत खातामा ट्रान्सफर गरी सम्पति शुद्धिकरणमा सघाएको आरोप छ।

गोल्छाले आफू अध्यक्ष रहेको हिमालयन रि- इन्स्योरेन्स कम्पनी लिमिटेडका शेयरधनी दिपक भट्टलाई दोस्रो बजारमा सेयर खरिद गरी सम्पति शुद्धिकरणमा सघाउन भुमिका खेलेको र सम्पति शुद्धिकरणको छानविनमा तानिएपछि गोल्छाले २०८२ फागुन २५ गते राजिनामा दिएका थिए ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलवार १४:३३   :  बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।