बीमाको क्षेत्रमा विश्वसनीय नाम भन्ने नाराका साथ राष्ट्रिय बीमा संस्थानले जीवन बीमा अभिकर्ताको दुई दिने आधारभूत तालिम कार्यक्रम सम्पन्न भएको छ । नेपाल भरका २३ वटा शाखा मध्येको एक शाखाका रूपमा धनकुटामा शाखा विस्तारका लागि अभिकर्ता तालिम सञ्चालन गरेको बरिष्ठ अभिकर्ता टंक राईले जानकारी दिए ।
बीमा संस्थानका बजार विज्ञ रमेश पोख्रेल, सहायक व्यावस्थापक कुन्दन खतिवडा, धनकुटा शाखा प्रमुख सुविज्ञ रेग्मी, बरिष्ठ अभिकर्ता टंक राईलगायतले तालिममा शहजिकरण गरेका थिए ।
तालिमा सहभागी २१ जना सहभागीहरूलाई जीवन बीमा अभिकर्ता आधारभूत तालिमको प्रमाण पत्र समेत वितरण गरेको छ । विधिवत रूपमा शाखा उद्घाटन अघि नै तालिम सञ्चालन गर्न सफल भएको छ ।
उक्त तालिममा निरन्तरता नै सफलताको साँचो हो भन्दै सहभागिहरूको ध्यान आकर्षण गराउदै बीमा सम्बन्धि, अभिकर्ताले पालन गर्नुपर्ने बीमा सम्बन्धि कानुनी व्यावस्था २०४९, बीमा ऐन २०४९, ईजाजतपत्र नविकरण, बीमा समितिको गठन लगायतका विषयमा सहजिकरण गरिएको थियो ।
प्रतिक्रिया