Logo

अर्थ

सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा ‘‘इकर्जा झ्याप्पै क्याम्पेन” सार्वजनिक



काठमाडौं । नेपालमै पहिलो पटक पूर्ण रूपमा डिजिटल माध्यमबाट बीमा धितोमा ऋण प्रवाह गर्ने उद्देश्यसहित सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्नो नयाँ अभियान ‘‘इकर्जा झ्याप्पै क्याम्पेन” औपचारिक रूपमा शुभारम्भ गरेको छ।

डिजिटल वित्तीय सेवाको विस्तार तथा ग्राहकलाई सहज, छिटो र झन्झटरहित ऋण सेवा उपलब्ध गराउने लक्ष्यसहित सुरु गरिएको यस अभियानमार्फत योग्य बीमितहरूले अब घरमै बसेर अनलाइन प्रक्रियामार्फत ऋण प्राप्त गर्न सक्नेछन्।

यस अभियान अन्तर्गत ग्राहकहरूले अधिकतम रु. २ लाखसम्मको तत्काल ऋण प्राप्त गर्न सक्नेछन्। साथै, ऋण आवेदन गर्दा लाग्ने रु. ५० सेवा शुल्कमा १००% क्यासब्याक सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

विशेषगरी, यस सेवाको सबै प्रक्रिया पूर्ण रूपमा डिजिटल रहेकोले कुनै कागजी प्रक्रिया वा अतिरिक्त दस्तावेज आवश्यक नपर्ने कम्पनीको भनाइ छ।

योग्य बीमितहरूले आफ्नो ऋण योग्यता सूर्यज्योति Mobile App मार्फत सहजै जाँच गर्न सक्नेछन्। त्यसपछि ग्राहकहरूले उपलब्ध गराइएको प्जबतिष् लिंकबाट सिधै वा प्जबतिष् ब्उउ को

Insurance & Surakshya > Insurance Loan > SuryaJyoti eKarja मार्फत आफ्नो बीमालेख नम्बर राखी प्रक्रिया पुरा गरि तुरुन्तै कर्जा रकम प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार ‘इकर्जा झ्याप्पै क्याम्पेन” नेपालमा डिजिटल बीमा ऋण सेवाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हुने अपेक्षा गरिएको छ। यस अभियानले बीमितहरूलाई छिटो, सुरक्षित र सहज वित्तीय पहुँच प्रदान गर्नुका साथै डिजिटल नेपालको अवधारणालाई थप बल पुर्‍याउने विश्वास लिइएको छ।

सूर्यज्योति लाइफले आफ्ना आधिकारिक सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत समेत अभियानलाई व्यापक रूपमा प्रवद्र्धन गर्ने जनाएको छ। कम्पनीले सम्पूर्ण सरोकारवालाहरूलाई अभियानको जानकारी बढीभन्दा बढी सेवाग्राहीसम्म पुर्‍याउन सहयोग गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार १७:२५   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।