Logo

प्रधानमन्त्रीलाई सुरक्षा थ्रेट भन्दै बढाइयो सुरक्षा सतर्कता



प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ रक्षामन्त्री वेई फेङ्हेको मंसिर १४ गते हुने नेपाल भ्रमणका क्रममा विशेष सुरक्षा तयारी गर्न चारवटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई आइतबार बालुवाटार बोलाएर ओलीले यस्तो निर्देशन दिएका हुन् ।

आइतबारै गृहमन्त्री रामबहादुर थापाले पनि प्रहरी, सशस्त्र र अनुसन्धान विभागका प्रमुखसँग भेट गरी सुरक्षामा विशेष तयारी गर्न निर्देशन दिएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार ०८:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।