Logo

अर्थ

नेपाल लाइफमा कामु सीईओको जिम्मेवारी अमितकुमार कयाललाई



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी अमित कुमार कयालले पाएका छन् ।

कम्पनीको सीईओ पद साउन ४ गतेदेखि २८ गतेसम्म रिक्त हुने भएकाले सो अवधिका लागि दैनिक प्रशासकीय एवं अन्य आवश्यक व्यवस्थापकीय कार्यहरु गर्न कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कयाललाई उक्त जिम्मेवारी दिइएको हो ।

कम्पनीको संचालक समितिको बैठकले कयाललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार १७:१७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।