कुुल आन्तरिक कर्जा रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालुु आर्थिक बर्षको छ महिनाको अवधिमा कुल आन्तरिक कर्जा आठ दशमलव सात प्रतिशतले बढेको हो ।अघिल्लो वर्र्षको सोही अवधिमा उक्त कर्जा सात प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ पुस मसान्तमा यस्तो कर्जा २८ दशमलव पाँच प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १२ दशमलव सात प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ११ दशमलव नौ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ पुस मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २३ दसमलव दुुई प्रतिशतले बढेको छ समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप सात दशमलव सात प्रतिशतले बढेको छ ।
अघिल्लो वर्र्षको सोही अवधिमा यस्तो निक्षेप छ दशमलव नौ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २० दसमलव दुुई प्रतिशतले बढेको छ । संस्थाहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः आठ दसमलव छ प्रतिशत, ३३ दशमलव तीन प्रतिशत र ४७ दसमलव नौ प्रतिशत रहेको छ ।
अघिल्लो वर्र्षको सोही महिनामा यस्तो अंश क्रमशः आठ दसमलव चार प्रतिशत, ३६ दशमलव चार प्रतिशत र ४२ दसमलव दुुई प्रतिशत रहेको थियो । २०७५ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५ दशमलव एक प्रतिशत रहेको छ । २०७४ पुस मसान्तमा यस्तो निक्षेपको अंश ४४ दशमलव तीन प्रतिशत रहेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १२ दशमलव सात प्रतिशतले बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ११ दसमलव नौ प्रतिशतले बढेको थियो ।निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा ११ दशमलव नौ प्रतिशतले, विकास बैंकहरुको १९ दसमलव आठ प्रतिशतले र वित्त कम्पनीहरुको १० दशमलव दुुई प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७५ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २२ दशमलव चार प्रतिशतले बढेको छ ।
प्रतिक्रिया