Logo

अर्थ

सन नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ६० लाख सहयोग



काठमाडौं । भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीबाट प्रभावित पक्षहरुलाई उद्दार राहत र पुनस्थापनामा सहयोग पुराउन सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६० लाख रुपैयाँआर्थिक सहयोग उपलब्ध गराएको छ ।

अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ६० लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा कम्पनीका सञ्चालक शसांक अग्रवाल तथा कम्पनी सचिव विनोद शर्मा पौडेल उपस्थिति रहेको थियो । सो कार्यक्रममा विपद्मा परी मृत्युवरण भएका मृतकका परिवारजनहरु प्रति गहिरो समवेदना प्रकट गर्दै मृतकका आत्माको चीर शान्तिको कामना गर्दै घाईतेहरुको शीध्र स्वास्थ्य लाभको कामना गरेकाे छ ।

यस आर्थिक सहयोगबाट कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय विपदको सामना गर्न र पीडित परिवारलाई राहत वितरण तथा पुनस्थापनाको कामका थप टेवा पुग्ने विश्वास लिईएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार ११:१७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।