Logo

टिप्पणी

नेपाललाइ स्वर्गको टुक्रा बनाउन गगन थापा र रवि लामिछानेको खाँचो छ !



देशको नेतृत्व युवा पुस्ताले लिनुपर्छ र देशको बिकास हुँन्छ यो कुरा उठिरहदा आम नेपाली दाजुभाइ र दिदिबहिनी सबैमा यो चासोको बिषय बनेको छ । यस्ता कुरा उठिरहदा देशको वर्तमान अवस्थालाई हेर्ने हो भने युवा नेता तथा पूर्व स्वास्थ मन्त्री गगन कुमार थापा र सामाजिक अभियन्ता तथा पत्रकार रवि लामिछानेको नाम अग्रपंतिमा आउने गरेको छ ।

देशका युवाहरु माझ मात्र नभएर सबै नेपाली माझ लोकप्रिय रहेका थापा र लामिछाने जस्तै अन्य युवा पुस्तालाई यो देशको नेतृत्व दिन सके देशको प्रगति चाडै हुन सक्थ्यो कि भन्ने सबैमा चाँसो बडेको छ ।

यो देशलाई युवा शक्तिको खाचो छ भने युवा पुस्ता माझ युवा नेता गगन सहित अन्य व्यक्तिहरु राजनीतिक धारमा लडिरहेका छन् तर पनि उचित अवसर भने पार्टी भित्रै पाउन सकेका छैनन् । त्यस्तै सामाजिक व्यक्तित्व समाज परिवतनका संम्बाहक धुर्मुस सुन्तली, रवि लामिछाने लगायतका ब्यक्तिलाई यो देशको समृद्धिको लागि अवसर दिनु आजको आवस्यकता पनि हो ।

लाखौ नेपाली युवाका ढुकढुकी गगन कुमार थापा एक्लो प्रतिपक्षी हुन जस्ले सरकारले गरेका हरेक गलत क्रियाकलापको निगरानी राख्ने गर्दछन् । केही काम गर्नु अघि गगनको नामले डराउछन् तर पनि गलत काम भने गरिराखेकै छन्। त्यै पनि ती गलत कामलाइ पर्दाफास गदै थापा मजबुत रुपमा प्रतिपक्षीको रुपमा स्थापित भएकाछन् ।

देशमा होस या बिदेशमा अन्याय परेका जो कोही नेपाली दाजुभाईको सबैभन्दा ठूलो अदालत बनेका छन् रबि लामिछाने । चाहे जो हुन, दुख पर्दा कसैले ठग्दा, अनि कसैले लुट्दा आजभोली अदालत भन्दा बढी रबि लामिछानेलाइ नै रुचाउने गरेका छन् ।

यी नेपालका होनाहार युवाको काधमा देश बनाउने अभियान छ यो अभियानले सार्थकता पाउनु आजको आवश्यकता हो ।बिदेशमा भएका ४० लाख नेपालीलाइ नेपालमै रोजगारी दिउ नेपाललाइ एउटा स्वर्गको टुक्रा बनाउ जहाँ बिदेशी पर्यटकहरुले भनुन् कि नेपाल बिश्वको पहिलो पर्यटकिय गन्तब्य हो ।

प्रकाशित मिति : फाल्गुन १६, २०७५ बिहीबार  १० : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।