Logo

भारतले पहिलो टि ट्वान्टी खेलमा अष्ट्रेलियालाई दियो १ सय ६२ रनको लक्ष्य



ओपनर के एल राहुल र अलराउण्डर रविन्द्र जडेजाले गतिलो प्रदशन गर्दा अस्ट्रेलियामा जारी भारतले पहिलो टि ट्वान्टी खेलमा अष्ट्रेलियालाई १ सय ६२ रनको लक्ष्य दिएको छ ।

टस हारेर मानुका ओभल क्यानबेरामा ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६१ रनको योगफल खडा गरेको छ । भारतलाई उक्त योगफलसम्म पुर्याउन अलराउण्डर रविन्द्र जडेजाले उत्कृष्ट ब्याटिङ गरे। जडेजाले २३ बलमा ५ चौका र १ छक्का सहित ४४ रनमा अविजित रहे, त्यस्तै ओपनर के एल राहुलले ४० बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ५१ रनको योगदान दिए । कप्तान विराट कोहलीलाई ९ रनमा आउट भएपछि भारत दबाबमा परेको थियो । अन्य खेलाडी शिखर धवन १, मनिस पाण्डे २, संजु स्याम्सन २३, हार्दिक पाण्डेले १६,वासिन्टन सुन्दर ७ र दिपक चहर ० रनमा नटआउट रहे । 

अष्ट्रेलियाका लागि बलर हेनरिक्स मोइसेसले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । स्पिनर एडम जाम्पाले ४ ओभरमा २० रन खर्चिदै एक विकेट लिए । मिचेल स्टार्कले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । मिचेल स्विपसनले एक विकेट लिए ।

प्रकाशित मिति : मंसिर १९, २०७७ शुक्रबार  ३ : ५८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।