Logo

सुरक्षा/अपराध

सुर्ती बनाउन प्रयोग हुने कच्चा पदार्थ र मेशिन सहित २ जना पक्राउ



मोरङको सुन्दरहरैचा नगरपालिका-१० त्रिवेणी चोकबाट सुर्ती बनाउन प्रयोग हुने विभिन्न कच्चा पदार्थ र मेशिन सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका-१३ बस्ने मुकेश कुमार अग्रवाल र भोजपुर पौवादुम्बा गाउँपालिका-६ बस्ने ३४ वर्षीय सुरेश तामाङ रहेका छन् । उक्त चोकमा घर भाडामा लिई उनीहरुले राजश्व कर छलि गरी गेल्डेन टेम्पल नामको सुर्ती उद्योग संचालन गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उक्त घर तलासी गर्दा  १९ बोरा सुर्ती,  १ थान दानी स्ट्याम्प छाप, १ थान लेटर प्याड, १ थान फोन डायरी, राजश्व कार्यालयका कागज पत्र, सुर्ती रेडिमेट बनाउन प्रयोग हुने बिभिन्न कच्चा पदार्थ, केमिकलहरू,  सुर्ती खैनी प्याकिङ गर्ने  १ थाम मेशिन, २ बोरा चुना र १२ बोरा रेडिमेट खैनी फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये मुकेशले गत असोज ५ गते साँझ सोही उद्योगमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको समेत खुल्न आएपछि उनलाई जबरजस्ती करणी मुद्दामा म्याद थप भई ईलाका प्रहरी कार्यालय वेलवारीबाट  थप अनुसन्धान भइरहेको तथा तामाङलाई बरामद सामान सहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार १६:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।