चुम्बन मायाको पर्यावाचीको रुपमा पनि लिने गरिन्छ । विशेषगरी जोडीको प्रेमको पहिलो निशानीको रुपमा यसलाई लिइन्छ ।
युवायुवती बीचको सम्बन्ध प्रगाढ बनाउन चुम्बनले भूमिका खेल्छ । यसले मानसिक स्थिरता अनि शारिरीक सामिप्यता बढाउँछ ।
तर चुम्बनका बेफाइदा पनि छन् । चुम्बन गर्दा मुख, जिब्रो सम्बन्धि रोगको खतरा रहन्छ ।
संक्रमण सर्ने खतरा : चुम्बनका क्रममा पनि एक व्यक्तिबाट अर्कोमा संक्रमणको खतरा हुन्छ । शारिरीक सामिप्यतामा पनि संक्रमणको खतरा रहन्छ ।
रुघाखोकी : रुघाखोकी लागेको व्यक्तिले अर्कोलाई चुम्बन गर्दा र्यालबाट सर्न सक्छ । रुघा लागेको बेला वा आफ्नो पार्टनरलाई रुघा लागेको छ भने चुम्बन नगर्नु नै बेस हुन्छ ।
फोका वा ठेउला उठ्ने : ओठमा फोका वा ठेउला चुम्बनको माध्यमबाट सर्ने रोग हो ।
खटिरा : यो पनि एक सरुवा रोग हो, जुन चुम्बन तथा यौन सम्पर्कबाट पनि सर्न सक्छ ।
श्वासप्रश्वास सम्बन्धी समस्या : ज्वरो, दादुरा, फोक्सो सम्बन्धी रोगहरु चुम्बनको माध्यमबाट सर्न सक्छ ।
गिजासम्बन्धी रोग : गिजामा कुनै संक्रमण छ भने यो चुम्बनको माध्यमबाट तपाइको पार्टनरमा सर्न सक्छ ।
प्रतिक्रिया