Logo

प्रमुख समाचार

नेकपा सचिवालय बैठक अचानक स्थगित



आइतबार चारबजेको लागि बोलाइएको नेकपा सचिवालय बैठक स्थगित भएको छ ।
बैठक बस्नु केही घण्टा अघि नै बैठक स्थगित भएको हो ।

के कारण बैठक स्थगित भएको भन्ने बारे खुलाइएकाे छैन।

बैठकमा पछिल्लो समयमा कोरोना भाइरसको अवस्था, सडकमा युवाहरुको पदर्शनदेखि अमेरिकन सहयोग परियोजना(एमसीसी) बारे निर्णय गर्ने भनिएको थियो ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव पौडेलबीचको परामर्शबाट आइतबारको बैठक स्थगित भएको छ।

आजको बैठकमा एमसीसी अध्ययन कार्यदलका सदस्य भीम रावल, प्रदीप ज्ञवाली र अर्थमन्त्री डा।युवराज खतिवडालाई पनि आमन्त्रण गरिएको थियो।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आईतवार १६:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।