Logo

समाचार

संक्रमित आमाले दूध चुसाउँदा सन्तानमा कोरोना भाइरसको संक्रमण हुँदैनः डब्लुएचओ



कोरोना भाइरसबाट संक्रमित भएका आमाहरुले सन्तानलाई दूध चुसाउँदा संक्रमण नहुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

डब्लुएचओले संक्रमित आमाहरुलाई बिना हिचकिचाहट सन्तानलाई दूध चुसाउन आग्रह गरेको छ ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले आफूहरुले अध्ययन गरेको र दूध चुसाउँदा बच्चामा कोरोना भाइरसको संक्रमण सर्ने प्रमाण नभेटिएको उनले बताएका छन् ।

उनले केहीदिनअघि जेनेभामा ब्रिफिङ्गको क्रममा भनेका थिए, ‘बालबालिकाहरुमा कोरोना भाइरसको जोखिम तुलनात्मक रुपमा कम रहेको कुरा हामीलाई थाहा छ, तर अरु धेरै रोगहरुको उच्च जोखिममा उनीहरु हुन्छन् । आमाको दूधले ती सम्भावित रोगबाट जोगाउन सक्छ ।’

उनले अघि भनेका थिए, ‘अहिलेसम्म प्राप्त प्रमाणहरुका आधारमा आमाले दूध चुसाउँदा संक्रमण फैलिने देखिएको छैन ।’

आमा अति बिरामी नपरेसम्म बच्चाहरुलाई आमाबाट पर राख्न नहुने उनले बताएका छन्।

प्रकाशित मिति : १ असार २०७७, सोमबार १०:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।