Logo

समाचार

पर्सामा थप १० जनामा कोरोना संक्रमण पुष्टि



पर्सामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये तीन जना स्वास्थ्यकर्मी रहेको खुलेको छ ।

वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १० जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

संक्रमितहरु विन्दवासिनी गाउँपालिका ९ जना र पटेर्वा सुगौलीका एक जना रहेका छन्।

झौवागुठीस्थित विद्यालयको क्वारेन्टाइनमा जेठ २६ गते संकलन गरिएको १८ जनाको स्वाब परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो।

प्रकाशित मिति : १ असार २०७७, सोमबार १५:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।