पर्सामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये तीन जना स्वास्थ्यकर्मी रहेको खुलेको छ ।
वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १० जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
संक्रमितहरु विन्दवासिनी गाउँपालिका ९ जना र पटेर्वा सुगौलीका एक जना रहेका छन्।
झौवागुठीस्थित विद्यालयको क्वारेन्टाइनमा जेठ २६ गते संकलन गरिएको १८ जनाको स्वाब परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो।




















प्रतिक्रिया