Logo

समाचार

कांग्रेसले बुझायो प्रधानमन्त्री समक्ष ध्यानकर्षण पत्र,गम्भिर भएर कोराना परीक्षण गर्न आग्रह



कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणमा गम्भीर भएर प्रभावकारी काम गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणको नेतृत्वमा गएको संसदीय दलका प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री ओलीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन्।

कांग्रेसले अहिलेको बर्तमान सरकारले कोरोना भाइरसको विरुद्धको लडाइन गर्न नसकेको विदेशी नागरिकलाई स्वोदश फिर्ता ल्याउनका लागि पहल नगरेको भन्दै यसका विरुद्ध गम्भिर भएर लाख्नका लागि प्रधानमन्त्री ओलीलाई धयानाकर्षण बुझाएको हो।

प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउन कांग्रेस सांसदहरू भीमसेनदास प्रधान, राजन केसी, गगन थापालगायत बालुवाटार पुगेका थिए।

हालै बसेको कांग्रेस केन्द्रीय समिति बैठकले कोरोना नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको थियो।

कोरोनाका असर तथा सरकारी कामकाजबारे अनुगमन गर्न सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा अनुगमन समिति बनाएको थियो भने स्वदेशदेखि विदेशबाट प्रधानमन्त्रीलाई ध्यानाकर्षण बुझाउने निर्णय गरेको थियो।

कांग्रेसले ७७ जिल्ला, प्रदेशमा मुख्यमन्त्रीमार्फत् र केन्द्रमा संसदीय दलले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो। सरकारले कोरोना नियन्त्रणमा अहिलेसम्म दश अर्ब खर्च भइसकेको बताएको छ। उक्त खर्च पारदर्शी हुनुपर्ने कांग्रेसले बताउँदै आएको छ।

प्रकाशित मिति : २ असार २०७७, मंगलवार १३:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।