साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत मंगलबार राती लेगानेसविरुद्ध जित हासिल गरेको छ । घरेलु मैदानमा २-० को जितसँगै बार्सिलोनाले लिग तालिकाको शीर्षस्थानमा ५ अंकको अग्रता लिएको छ ।
लिग अन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोनाले लेगानेशलाई २–० ले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि आन्सु फाती र लियोनल मेस्सीले गोल गरे।
१७ वर्षका फातीले ४२ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । उनले यो सिजन ला लिगामा पाँचौँ गोल गरेका हुन् । गिनी–बिसाउका किशोर फातीले उत्कृष्ट फिनिसिङ्ग मार्फत गोल गरेका हुन् ।
६९ औँ मिनेटमा बार्सिलोनाले पेनाल्टी पायो । त्यसमा मेस्सीले गोल गरेपछि बार्सिलोना २–० ले विजयी भयो।
जितपछि बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँगको अंक दूरी पाँच कायम गरेको छ । बार्सिलोनाको २९ खेलबाट ६४ अंक भएको छ । एक खेल कम खेलेको रियल मड्रिडको ५९ अंक छ ।
मंगलबार राति नै भएका खेलमा भिल्लारियलले मालोर्कालाई १–० ले हरायो भने गेटाफे र स्पानियोलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।




















प्रतिक्रिया