बाँकेमा उपचारका क्रममा ज्यान गुमाएकी ४६ वर्षीया महिलामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
सोमबार, नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा उपचारका क्रममा बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिलाको मृत्यु भएको थियो ।
सोमबार साँझ ज्यान गुमाएकी बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलामा कुनै लक्षण नदेखिएपनी एक्कासी स्वास प्रस्वासमा समस्या बढेपछि उनको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । मृत्युको कारण सामान्य नलागेपछि उनको स्वाव परिक्षण गरिएको र मंगलबार बेलुका आएको कोरोना रिपोर्ट पोजेटिभ देखिएको जनाइएको छ ।
गत जेठ ३० गते अस्पताल भर्न भएकी मृतक निमोनियाले पीडित रहेको बताइएको छ । स्वास्थ्य मन्त्रालयले भने आधिकारीक रुपमा कोरोनाका कारण मृत्यु भएको घोषणा गरेको छैन् ।नेपालमा हालसम्म कोरोनाबाट १९ जनाको मृत्यु भइसकेको छ । मृतक मध्ये अधिकांसमा ज्यान गुमाईसकेपछि कोरोना पुष्टि हुँदै आएको छ ।




















प्रतिक्रिया