Logo

समाचार

सुर्खेतमा झुण्डिएर आत्महत्या गरेकी एक महिलामा कोरोना पोजेटिभ



सुर्खेतमा झुण्डिएर आत्महत्या गरेकी एक महिलामा कोरोना संक्रमण भएको पाइएको छ।

सिम्ता गाउँपालिका ८ की महिला गत जेठ १२ गते श्रीमान र तीन वर्षकी छोरीसहित भारतबाट आएकी थिइन।

स्थानीय क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएकी महिलाले असार १ गते घर नजिकै झुण्डिएर आत्महत्या गरेकी थिइन्।

युवतीको शव पोष्टमार्टम गर्नु अघि स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको थियो। बुधबार आएको रिपोर्टमा युवतीमा कोरोना पोजेटिभ देखिएको कर्णाली सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

क्वारेन्टाइनबाट घर पठाउनुअघि गाउँपालिकाले आरडीटी विधिबाट परिएको परीक्षणमा उनको एन्टीबडी नेगेटिभ आएको थियो।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार १९:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।