Logo

खेलकुद

युभेन्टसलाई पराजित गर्दै नेपोलीले जित्यो कोपा इटालियाको उपाधि



लिग च्याम्पियन युभेन्टसलाई पराजित गर्दै नेपोलीले कोपा इटालियाको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा नेपोलीले युभेन्टसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नापोलीले कोपा इटालियाको उपाधि जितेको हो ।

बुधबार फाइनल खेलको निर्धारित समयको खेलमा दुवै तर्फबाट गोल नभएपछि निर्णय टाइब्रेकरबाट लिइएको हो ।

घरेलु टोली नापोलीले टाइब्रेकरमा ४–२ को जित निकालेको हो । पछिल्लो ६ सिजनमा नापोलीले पहिलोपटक प्रमुख उपाधि जितेको हो ।

युभेन्टसका पाउलो डिबालको पेनाल्टी नापोलीका गोलरक्षकले जोगाए भने डानिलोको प्रहार पोस्टमाथिबाट गयो । नापोलीका लागि अर्कादिउस्ज मिलिकले विजयी गोल गरेका हुन् ।

 

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार ०६:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।