Logo

प्रमुख समाचार

गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना पुष्टि



गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज बिहान गरिएको परीक्षणमा विभिन्न ४ जिल्लाका थप ३० जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का १३, स्याङ्जाका ९, पर्वतका ४, तनहुँका ३ र बागलुङका १ जना रहेका गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माका अनुसार ३० जनामध्ये १ महिला र २९ पुरुष हुन् । यो सँगै गण्डकीमा संक्रमितको संख्या ३ सय २४ पुगेको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार ११:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।