Logo

प्रमुख समाचार

सुष्मा थापा घटनाको सत्य तथ्य सार्वजनिक गर्न सांसद संग्रौलाको माग



हेटौंडा उपमहानगरपालिका वडा नंम्बर – ४ कि सुष्मा थापाको यही असार २ गते घरमा नै क्षतविक्षत अवस्थामा शव फेला परेको खबरले स्तब्ध बनाएको जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौला पन्तले घटनाको सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेकी छिन् ।

‘करिब ६ महिना अगाडि मात्रै सवारी दुर्घटनामा पति गुमाएर एकल बन्न पुगेकी थापाको हत्या भएको हुनसक्ने आशंका समेत गरिएको’ हुन सक्ने भन्दै सांसद संग्रौलाले यस घटनाको सत्यतथ्य पत्ता लगाई यथार्थ कुरा सार्वजनिक गर्न सरकारसँग माग गरेकी हुन् ।

तत्काल अनुसन्धान प्रक्रिया थालनी गर्न माग गर्दै सांसद संग्रौलाले पीडित परिवारको न्यायको लागि न्यायप्रेमी नागरिक एकजुट भई पीडितको पक्षमा उभिन सम्पूर्णमा अनुरोध समेत गरेकी छिन् ।

गत असार २ गते हेटौंडा निवासी थापाको शव आफ्नै घरमा क्षतविक्षत अवस्थामा फेला परे पनि आवश्यक अनुसन्धान अगाडि नबढाइएको भन्दै आफन्तहरुले पनि तत्काल अनुसन्धान अगाडि बढाउन माग गरिरहेका छन् ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार १०:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।